☰ open Loading... 20 September 2024|  

उत्कृष्ट कृषकलाई नगदसहित सम्मान
  | २३ असार २०८०, शनिबार २०:४६

 

यामराज बिष्ट
दैलेख– दैलेखका २१ जना कृषक  नगदसहित सम्मान भएका छन् । पत्येक पालिकाले गरेको मूल्यांकनमा व्यवसायिक रुपमा कृषि पशुपालन गर्दै आएका कृषकहरु नगद सहित सम्मानित भएका हुन्।

पुरस्कृत कृषकहरुलाई प्रति व्यक्ति १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीम बहादुर बिष्टले बताए । उनले भने २वटा सहकारी संस्थालाई २० हजारका दरले नगद सहित सम्मान गरिएको र पालिकाले गरेको  छनोटका आधारमा मापदण्ड पुगेका कृषकालाई पुरस्कृत एंव सम्मान गरिएको निमित्त कार्यालय प्रमुख बिष्टले जानकारी दिए ।

नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाले पशु अस्पताल गरेको कामको प्रशंसा गरिन्। पुरस्कृत कृषकहरुले आफुले जानेको कुरा व्यवहारमा उतार्नुपर्ने बताईन्।

 

No description available.

कृषकहरूको समस्या समाधानको लागि सधै स्थानीय सरकार तत्पर हनुपर्ने प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । कृषकको मिहिनेत र परिश्रमले देशलाई कृषि उत्पादनमा निर्भर बनाउन सकिने भएकाले किसानलाई प्रोत्साहन गर्न सघं,प्रदेश स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।पछिल्लो समयमा कृषि पेशाबाट किसानहरु पलायन हुँदै गएकोले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका सबै क्षेत्र र सरकारका अंगहरु एक भएर अघि बढ्न आवश्यक रहेको समेत उनले बताए ।हामीले अझै पनि उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएर पुरस्कृत एवं सम्मानित भएका किसानहरुले टोल छिमेकका अन्य घरपरिवारलाई समेत कृषि पेशामा आबद्ध गराउन पहल गर्नुपर्ने बताए ।

कृषक र गौर कृषकलाई छनोट गर्न नसकेको समेत उनले गुनासो गरे।कृषक लक्षित कार्यक्रम गर्नुपर्ने स्थानीय तहको महत्त्वपूर्ण भुमिका रहने बताए।कृषकका नाम यस्ता कार्यक्रम अझै हुनुपर्ने बताए।

पुस्कार वितरण सगैं कार्यालयले यस आर्थिक वर्षमा हालसम्म गरेका कामहरुको प्रगति विवरण समेत सार्वजनिक गरेको छ ।