☰ open Loading... 20 September 2024|  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यापक र प्राध्यापक आन्दोलित
  | २६ असार २०८०, मंगलवार ०५:५७

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अध्यापक र प्रध्यापकहरू आन्दोलित भएका छन् । गत जेठ १४ गतेबाट आन्दाेलनरत करार अध्यापक तथा प्राध्यापकहरुले स्थाइ बनाउन माग गर्दै आज प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन् । आन्दाेलनरत अध्यापक तथा प्राध्यापकहरुले ‘राष्टमै प्रतिष्ठानकाे उच्च कद,करारमा चल्नुपर्ने अवस्था लज्जास्पद’ जस्ता नारा लेखेका प्ले कार्ड बाेकेका थिए।

रजिस्ट्रार, रेक्टर, डीन र अस्पताल निर्देशकको कार्यकक्षमा ताला लगाइएकाे अध्यापक तथा प्रध्यापक संघर्ष समितिका संयोजक रवीन्द्र रोकायाले जानकारी दिए ।

पश्चिम नेपालकै गाैरव प्रतिष्ठानमा करार अध्यापक तथा प्राध्यापक उपेक्षामा पर्नु विडम्बना भएकाे राेकायाले बताए । संघर्ष समितिले पहिलाे चरणमा जिल्ला प्रशासन कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, प्रतिष्ठानका सबै पदाधिकारी, सहकुलपति र कुलपतिको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएकाे थियाे । कुनै पनि सुनुवाइ नभएपछि असार १७ देखि २४ गतेसम्म कालोपट्टी बाँधेरल काम गरिएकाे थियाे, आज ताला बन्दी सँगै रिले अनशन पनि सुरु भएको छ ।

साउन ६ गते सम्म रिले अनशन र पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाउने संघर्षको कार्यक्रम थालिएको छ,’ अध्यक्ष रोकायाले भने, ‘अब पनि सुनवाइ भएन भने थप कडाखाले संघर्षका कार्यक्रम अघि सार्ने तयारीमा छौं । ’