☰ open Loading... 20 September 2024|  

हेलिकप्टरबाट २ सुत्केरी महिलाको उद्वार
  | २६ असार २०८०, मंगलवार ०६:०४

मुगु । हिमाली जिल्ला मुगुमा सोमबार हेलिकप्टरमार्फत दुई जना सुत्केरी महिलाको उद्वार गरिएको छ । छायानाथ रारा नगरपालिका वडा नं २ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्वार गरिएको हो ।

दुबै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको र एक जना सुत्केरी महिलाको बच्चा तेर्सो परेको, अर्को सुत्केरी महिलाको जन्मेको शिशुको टाउँको ठुलो भएको बच्चा ४ केजि भन्दा बढिको भएको हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनीहरुलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. कमल ढुंगानाले बताए ।

यहाँको स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा उनिहरु लाई उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए ।