☰ open Loading... 19 September 2024|  

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
  | २७ असार २०८०, बुधबार ०९:२२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।

सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।