☰ open Loading... 19 September 2024|  

दैलेखका ५०कृषक पुरस्कृत
  | २८ असार २०८०, बिहीबार ०६:१२

दैलेख- व्यवसायिक रुपमा तरकारी उत्पानद गर्ने कृषकलाई पुरस्कृत गरिएको छ ।जिल्ला भरिका ५० जना कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो।

उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले ५० जना किसानलाई नगद सहित सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका नित्तित कार्यालय प्रमुख दशरत्त पाण्डेले जानकारी दिए ।

उनका अनुसार कृषकहरुको हौसला बढाउन र कृषि पेशालाई सम्मानित बनाउनका लागि पुरस्कृत गरिएको हो । उनले प्रोत्साहन स्वरुप ५जना कृषकलाई १०हजार ४१जना कृषकलाई१५हजार, ४जना कृषकलाई२० हजार नगद सहित सम्मान गरिएको बताए ।

No description available.

पुरस्कारले व्यवसायप्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको कृषक सरिता थापाले बताइन् ।

कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक उत्पादनमा जोड दिन सबैलाई नारायण नगरपालिका दैलेख नगरप्रमुख लोमन शर्माले आग्रह गरे । नगरपमुख शर्माले कृषि विकाश कार्यालयले कृषकहरु पुरुस्कार वितरण गर्‍यो यस सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए ।किसानलाई व्यवसायिक रुपमा लाग्न समेत उनले आग्रह गरे।नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै लगानीमा सहयोग गरेको उनले बताए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले आगमि दिनमाहरु पनि कृषक लक्षित कार्यक्रम हुनपर्ने बताए ।कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले जानकारी दिए ।

कृषि विकास कार्यालय दैलेखका नित्तित कार्यालय प्रमुख दशरत्त पाण्डे, जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, नारायण नगरपालिका दैलेखका मेयर लोमन शर्मा, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, नारायण नगरपलिका कृषि शाखा प्रमुख खेमराज शर्माले सामूहिक रुपमा पुरस्कार वितरण गरेका थिए ।