☰ open Loading... 7 September 2024|  

खोलाले बगाएर एक जनाको मृत्यू
  | ३० असार २०८०, शनिबार ०५:४२

दैलेख – दैलेखमा खोलाले बगाएर एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर मृत्यू भएको नौमूले गाउँपालिका–८ का वडाध्यक्ष दिपक हमालले जानकारी दिनुभयो ।

जिल्ला सरमुकाम दैलेख बजारदेखि घर तर्फ पैदल जाँदै गर्दा हिजो बिहीबार साँझ झिल्के नजिक खाेला तर्न लाग्दा लोहोरे खोलाले बगाएको वडाध्यक्ष हमालले बताउनुभयो ।

प्रत्यक्षदर्शीले जानकारी गराएपछि खोजीमा जुटेको प्रहरी र स्थानीयहरुको टोली शुक्रवार विहान करिब ८ किलोमीटर टाढा सिमाडामा रिमालको मृत शव फेला परेको र पोष्टमार्टमका लागि दैलेख अस्पतालमा पु¥याइएको दैलेखका प्रहरी इञ्चार्च डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

नेपाली सेनामा भर्ती भएका कान्छो छोरालाई सदरमुकामसम्म पु¥याएर फर्किंदा उक्त दुर्घटना भएको हो । उहाँका एक श्रीमती र तीन छोरा छन् । सातमुले सहकारी संस्थाको कार्यसमिति सदस्य, अरनिको मावि गिरखानीको विव्यस सदस्य लगायत सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।