☰ open Loading... 19 September 2024|  

कर्णालीमा प्रहरीले थाल्यो घरघरमा ‘स्टिकर टाँस’ अभियान
  | १ श्रावण २०८०, सोमबार २०:२९

सुर्खेत । कर्णालीमा प्रहरीले घरघरमा स्टिकर टाँस्न सुरु गरेको छ । घरघरमा ‘स्टिकर टाँस’ अभियानको आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाबाट सुरुवात गरेका छन् ।

कर्णाली प्रदेशका सबै ३ लाख ६६ हजार हजार घरधुरीमा स्टिकर टाँसिने प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए ।

‘प्रहरीको नम्बर सहितको स्टिकर प्रत्येक घरको ढोकामाथि टाँस गरिनेछ । गाउँघर र समुदायमा कुनै असुरक्षित घटना घटे नागरिकले सिधै प्रहरीलाई फोन गर्नेछन् । र प्रहरीले तत्काल एक्सन लिनेछ’, उनले भने ।

स्टिकरमा नजिकका प्रहरी कार्यालयहरूको फोन नम्बरसहितको विवरण राखिएको छ । डीआईजी ढकालका अनुसार आइतबार कर्णालीका १० वटै जिल्लामा यो अभियान सञ्चालन गरिएको छ ।

यो अभियानका लागि प्रदेशभर तीन हजार भन्दा बढी प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले अआफ्नो क्षेत्रमा स्टिकर टाँस सचेतनामूलक ¥याली नै सञ्चालन गर्नेछन् ।

यो अभियानले गाउँ–ठाउँमा भएका घटना तत्काल प्रहरीले थाहा पाउने र सुरक्षा व्यवस्था सुधार गर्न सहज हुने प्रहरीको भनाइ छ । ‘नागरिकहरूले कुनै शङ्कास्पद चिज, बाढी, पहिरो गएको खण्डमा वा आफूले असुरक्षाको महसुस गरेमा टाँसिएको नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी दिनेछन्’, डीआईजी ढकालले भने ।अनलाइनखबर