☰ open Loading... 20 September 2024|  

भेरी नदीमा बगेर १० वर्षीया बालिका बेपत्ता
  | २ श्रावण २०८०, मंगलवार ०६:५६

रुकुम पश्चिममा भेरी नदीले बगेर एक बालिका बेपत्ता भएकी छन् । चौरजहारी नगरपालिका–१ नरखोलीका झलक वादीकी १० वर्षीया छोरी महिमा वादी भेरी नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

१८ वर्षीया दिदी सरिनासँग भेरी नदीमा दाउरा लिन गएकी महिमा नदीमा बगेर बेपत्ता भएको प्रहरीको भनाइ छ ।महिमा दिउँसो २ बजेतिर उनी नदीमा बेपत्ता भएको भन्दै प्रहरीले बालिकाको खोजी कार्य भइरहेको जनाएको छ ।