☰ open Loading... 7 September 2024|  

विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा बढी
  | ४ श्रावण २०८०, बिहीबार ०५:५३

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ठूलो परिमाणमा सुन बरामद भएको छ । हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा भन्सार छलेर सुन ल्याएको फेला परेको हो ।

 

विशेष सूचनाको आधारमा राजश्व अनुसन्धानले अपरेशसन चलाइएको थियो । अपरेशनका क्रममा राजश्व छलेर ल्याइएको सुन बरामद भएको हो । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, बरामद भएको सुन अहिलेसम्मकै उच्च परिमाण हो ।

 

बरामद गरिएको सुनको मात्रा एकिन हुन बाँकी रहेपनि ८० किलोभन्दा बढी रहेको विभागले अनुमान गरेको छ । विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले बरामद गरिएको सुन थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागलाई बुझाइएको बताए ।

 

यो सुन १६० सेट छ । जुन चार दिन अगाडि हङकङबाट आएको खुलेको छ । प्यासिफिक एयरमा हङकङबाट आएको यो सुन रेडी प्रालि काठमाडौंले ल्याएको देखिएको छ । तर थप अनुसन्धान बाँकी रहेकाले सुनको मालिक पत्ता लाग्न सकेको छैन ।

 

बुधबार रातिसम्म यो सुनसँगै भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालिकलाई नियन्त्रणमा लिइएको छ ।