☰ open Loading... 19 September 2024|  

प्रेस युनियन हुम्लाको चौथो जिल्ला अधिवेशन सम्पन्न
  | ७ श्रावण २०८०, आईतवार १४:१५

हुम्ला : नेपाल प्रेस युनियन हुम्लाको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय विपी स्मृती भवनमा शनिबार अधिवेशन सम्पन्न भएको हो ।

 

नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाको प्रमुख आतिथ्य, महासमिति सदस्य कर्णबहादुर रावलको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले  पुनः राज शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

 

युनियनको खुल्ला उपाध्यक्षमा छपला लामा, समावेशी उपाध्यक्षमा दलसरा परियार, सचिवमा ओवराज शाही, सहसचिवमा युवराज भण्डारी, कोषाध्यक्षमा लोग भण्डारी र सदस्यहरुमा कुलविर शाही, रविन भण्डारी, मानबहादुर भक्री, महेश विक्रम थापा र विनोद लामा रहेका छन् ।

 

कार्यक्रममा प्रमुख अतिथि उपसभापति रोकायाले  नेपाल प्रेस युनियनले यो वा त्यो पार्टी नभनी निष्पक्ष कलम चलाउन आग्रह गरेका थिए । महासमिति सदस्य कर्ण रावलले नयाँ कार्य समितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

 

कार्यक्रममा नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष राजन रावत, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य रम्बा शाही, विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाही, रेडियो प्रसारक संघ जिल्ला अध्यक्ष जनक बहादुर शाही, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशिला रोकाया, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष जुनराज हमाल र नेपाल विद्यार्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिका अध्यक्ष अंगबहादुर सिंह लगायतको मन्तव्य राखेका थिए ।