☰ open Loading... 5 February 2025|  

अश्लिल भिडिओ सार्वजनिक भएपछि दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टे पत्र
  | १६ श्रावण २०८०, मंगलवार ०५:२६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।

अनैतिक भिडिओ सार्वजनिक भएपछि मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो।

नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो। उक्त भिडिओ अहिले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा भाइरल भइरहेको छ।

ती महिला पनि विवाहित हुन्। तर आफ्ना परिवार काठमाडौंमै छाडेका निरौला भने अर्कै महिलासँग अश्लिल हर्कत गरिरहेको फेला परेका हुन्।

0
0
1
0
0
0