☰ open Loading... 20 September 2024|  

सिंहदरबारका २२ कर्मचारीको सरुवा
  | १७ श्रावण २०८०, बुधबार ०५:२७

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले २२ कर्मचारीको सरुवा गरेको छ। सिंहदरबार वरिपरि ३ वर्ष बढी समय बसेका उनीहरुलाई दुर्गमको स्थानीय तहमा सरुवा गरिएको हो।

मन्त्रालयले मंगलबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।२०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदलले दिएको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीले कर्मचारी सरुवा गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्का कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ।

त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ।

यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ। गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ।