☰ open Loading... 20 September 2024|  

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
  | १७ श्रावण २०८०, बुधबार ०५:२८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले एक सूचना जारी गर्दै आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमको आज बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।

यससँगै अब नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको आयोगका सूचनामा उल्लेख छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज आएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ८.१४ र ६.८६ रुपैयाँले वृद्धि भएको र एलपी ग्यासमा भने ११७.६२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । त्यसैअनुसार मूल्य समायाेजन गरिएकाे निगमकाे भनाइ छ ।