☰ open Loading... 18 October 2024|  

कर्तव्य पुरा नगर्ने शिक्षकलाई कार्बाही गरिने
  | २३ श्रावण २०८०, मंगलवार ०५:५१

 

दैलेख । नारायण नगरपालिका दैलेखले  सामुदायिक विद्यालयमा नियमित नपढाउने शिक्षकलाई कार्बाही गर्ने भएको छ ।नगरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी नभएको गुनासो बढेपछि नियमित नआउने शिक्षकलाई कारबाही गरिने भएको हो ।

विद्यालयमा नियमित उपस्थित नहुने ,विद्यालयमा राजनिति गर्ने शिक्षकहरुलाई कार्बाही अगाडी बढाउने नारायण नगरपालिका दैलेखका शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले बताए ।

अधिकृत उपाध्यायले भने– ‘अबको समयको माग भनेको शैक्षिक स्तर सुधार नै हो, शिक्षकहरुको भुमिका यसमै केन्द्रित हुनुपर्छ।’शिक्षकहरुले आफ्ना पेसाप्रति लगनशिल नहुने जोसुकैलाई प्रचलित कानुन अनुसार कारबाही अगाडी बढाउने उनले स्पष्ट पारे ।

यस्तै विद्यालय समय १०बजे देखि४बजे सम्म शिक्षकले नपढाएको पाएमा कार्बाही हुने ,विद्यालयको प्रधानाध्यापक अनुपस्तित भएमा अनिबार्य नित्तिम प्रअलाई जिम्मेबारी दिनुपर्ने समेत उनले बताए ।

उनले भने फोन मार्फत सोमबार नारायण नगरपालिका भित्रका ३९विद्यालयमा बुज्दा ३वटा विद्यालयका प्रधानाध्यापक अनुपस्तित भएको केही शिक्षक ३बजे नै घर गएको पाएकोले आउदा दिनमा १०बजे देखि४बजे सम्म शिक्षक विद्यालयमा नभएमा कार्बाही अगाडी बढाउने उनले बताए ।

नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अनुगमन गरिने तथा शिक्षकहरू नियमित उपस्थित नभएको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।