☰ open Loading... 18 October 2024|  

यात्रु बोक्दै गाउँपालिकाको टिप्पर
  | २३ श्रावण २०८०, मंगलवार ०८:२६

 

वीरेन्द्रनगर । यातायात ब्यवसायीहरुले आफ्ना यात्रु बहाक गाडीहरु सुर्खेतको चौकुने गाउँपालिका नलगेपछि गाउँपालिकाले आफ्नो टिप्परलाई यात्रु बहाक गाडीका रुपमा चलाएको छ । चौकुने गाउँपालिकाल आफने टिप्परमा तेल हालेर नागरिकहरुले झेल्नुपरेको दुःख हटाउन टिप्परलाई निशुल्क यात्रुबहाक गाडीका रुपमा प्रयोग गरेको हो ।

सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू संञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै पालिकाले यस्तो सेवा सञ्चालनमा ल्याउन बाध्य भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष खड्क विकले बताए ।
पालिकाबाट चौकुले गाउँपालिकामा विगत १ महिनादेखि कुनै पनि सार्वजनिक सवारी साधन गाउँपालिकामा नजाने गरेको र जसले गर्दा यात्रुहरुले दुःख भोक्नुपरेको कुरालाई मध्यनगर गर्दै टिप्पर मार्फत यात्रु होर्सान बाध्य हुनुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी दिईएको छ ।

विग्रेको सडक पालिकाले मर्मतसम्भार गर्दा समेत वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले शनिवारबाट आफ्नै टिप्परमा तेल हालेर जनतालाई सेवा दिएको जनाएको छ । पालिकाको भे १ ग १२९ र भे १ ग १३० नम्बरको दुई वटा टिप्परबाट यात्रु ओर्सानका लागि प्रयोग गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विकले शनिबारबाट दुईवटा टिप्पर र आइतबारबाट चार वटा टिप्परबाट सेवा दिने जानकारी दिए । पालिकाले निःशुल्क यात्रु बोक्ने जनाएको छ । टिप्परमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा चौकुने नाराबाजी समेत भएको थियो ।

गाउँपालिकाबाट पटक पटक यातायात व्यवसायीसँग गाडी चलाउन अनुरोध गर्दा पनि उनीहरूले चौकुनेमा गाडी नल्याएर जनताहरुलाई दुःख पाउन थालेपछि पालिकाबाट मुकाम वीरेन्द्रनगरसम्म टिप्परबाटै यात्रा गराउन थालिएको अध्यक्ष विकले बताए । समितिको गाडीहरु नगएपनि यसअघि सामान लिएर जाने गाडीहरुमा चर्को मुल्य तिरेर यात्रा गर्नुपर्ने अवस्था यात्रुहरुको रहेको थियो । सुर्खेतको चौकुने दुर्गम गाउँपालिकाका रुपमा रहेको छ ।