☰ open Loading... 18 October 2024|  

गृहमन्त्रीको जवाफपछि पनि संसदमा एमालेको अवरोध कायमै
  | २४ श्रावण २०८०, बुधबार ०५:२७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा संसदमा अवरोध कायमै राखेको छ ।गृहमन्त्रीको जवाफ सुन्न सदनको अवरोध खोलेको एमालेले गृहमन्त्रीको जवाफ पनि पनि चित्त नबुझेको भन्दै एमालेले अवरोध कायम राखेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक बुधबार १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

 

एक क्विन्टल सुन तस्करीमा गृहमन्त्रीसमेत संलग्न रहेको आशंका आफूहरुलाई भएको भन्दै एमाले सांसद महेश बर्ताैलाले उक्त काण्डकाे छानविन गर्न उच्च स्तरीय छानविन समिति बनाउन माग गरे । तर, गृहमन्त्रीले यसबारे कुनै जवाफ नै नदिएको उनको भनाइ छ ।