☰ open Loading... 20 September 2024|  

तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् नगेन्द्र
  | २५ श्रावण २०८०, बिहीबार ०८:५५

 

यामराज बिष्ट
दैलेख– चामुण्डाबिन्द्रासैनी नगरपालिका –९का ५० बर्षिया नगेन्द्र खड्का (गाँउले एफएम)लाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन। तरकारी खेती गर्न थालेपछि उनलाई घरायसी खर्च चलाउन सहज भएको हो।व्यावसायिक तरकारी उत्पादनसँगै पछिल्लो समयमा एकाएक उनको जिवन नै फेरिएको छ ।सरुसुरुमा घरमा खान लाउन मुिस्कल हुदाँ दिनहु जसो मजदुरी गरेरै साझँ बिहानको छाक टार्न मुस्कील पथ्र्यो ।

२०७० साल देखि चामुण्डाबिन्द्रासैनी नगरपालिका –९ डौँसुरमा व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेपछि खड्काको जिवन बदलिएको छ। पछिल्लो समयमा खड्काले तरकारी खेती गरेरै बार्षीक ६ लाखको आम्दानी गरेका छन् ।तरकारी बिक्री गरेको आम्दानीबाट खड्काले आफ्ना छोराछोरीको लालनपालन र पढाइको खर्च जुटाएको उनले जानकारी दिए । तरकारीको बजारीकरणको समस्या नभएको बताउँदै खड्का भन्छन्, ‘आफुले उत्पादन गरेको तरकारी चामुण्डाबिन्द्रासैनी नगरपालिकाका डौँसुर, बिन्द्रासैनी, जम्बुकाँध लगायत स्थानीय बजारका खुद्रा पसल बिक्री हुने गरेको उनले बताए ।

No description available.

 

 

खड्काले बाह्रै महिना मौषमी तथा वेमौषमी रुपमा लौका, भिन्डी, वोडी, काँक्रा, चिचिन्ना, टमाटर, खुर्सानी, करेला उत्पादन गर्दै आएका छन् ।अर्गानिक तरकारी उत्पादनका लागि उनले बाख्रा तथा भैसी समेत पालेका छन् । आफूले गरेको व्यबसाय हेर्न आउनेलाई खेती गर्ने किसानलाई सिकाएर हौसला र उत्साह दिएर पठाउने गरेका छन् ।

उनले गाउँबाट पैसाकमाउन बिदेश पलायन भएका युवा युवतीलाई फर्केर व्यबसायिक कृषि पेसामा लाग्न सुझाव दिएका छन् ।उर्जाशिल समय व्यबसायिक तरकारी खेतीमा रमाएका खड्का बाँकी जीवन घरमा अन्य काम गरेर बिताउने गरेको बताउँछन् ।उनले सिमी, काँक्रा, चिचिन्डो लगायतको बिउ पनि आफैँ उत्पादन गर्छन् ।अब कृषकलाई स्थानिय सरकार,प्रदेश सरकार, संघ सरकारले प्रोत्साहन गर्ने गरि योजनाहरु समावेश भए यहाँका कृषकहरुले तरकारी खेतिबाटै लाखौ आम्दानी गर्न सफल हुने उनको भनाई छ।