☰ open Loading... 20 September 2024|  

मुगुमा जहाज नआउँदा बिरामीलाई सास्ती
  | २६ श्रावण २०८०, शुक्रबार ०५:२४

मुगु कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढा उपचारका लागि नेपालगञ्ज जान अघिल्लो बुधबार मुगु विमानस्थल पुगिन्। एक दिन पैदल यात्रा र अर्को एक दिन गाडी चढेर विमानस्थल पुगेकी बुढा कहिले नेपालगञ्ज पुग्ने हुन् पत्तो छैन्।

उनको पेटमा सात महिनाको गर्भ छ। नाकमा मासु पलाएकाले सास फेर्न गाह्रो हुन्छ। ‘पेटभित्रको बच्चाको अवस्थाबारे विशेषज्ञ चिकित्सकसँग परामर्श लिने र नाकको अप्रेसन गर्ने तयारी गरी नेपालगञ्ज जाँदै थिएँ,’ उनले भनिन्, ‘विमान नचल्दा एक सातादेखि विमानस्थलमै छु।’

मुगुबाट स्थलमार्ग हुँदै तराई झर्न थप जोखिम छ। मुगुदेखि नेपालगञ्जसम्मको साढे तीन सय किलोमिटर सडक पार गर्न तीनचार दिन लाग्छ। ‘तल (सडक) बाट जाँदा सुत्केरी व्यथा लाग्ने भएकाले माथि (जहाज) बाट जान कुरिरहेकी छु,’ उनले भनिन्, ‘अझै कति दिन विमानस्थलमै बस्नुपर्ने हो टुंगो छैन्।’

बुढाले गाउँबाट आफूसँगै २२ महिनाको कुपोषित बालक र उनकी आमा टासी लामालाई पनि ल्याएकी थिइन्। उनीहरू पनि टिकट काटेर पाँच दिनसम्म विमानस्थलमै रोकिए। चिसोका कारण कुपोषित बालकको स्वास्थ्य अवस्था बिग्रन थाल्यो। निमोनियाको लक्षण देखिन थालेपछि उनले बालक र उनकी आमालाई स्थलमार्गबाट सुर्खेत पठाएकी छन्। ‘कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि कुरा गरेकी छु,’ उनले भनिन्, ‘बाटो बिग्रिएकाले उनीहरू अझै अस्पताल पुगिसकेका छैनन्।’

मुगुबाट स्थलमार्ग हुँदै तराई झर्न थप जोखिम छ। मुगुदेखि नेपालगञ्जसम्मको साढे तीन सय किलोमिटर सडक पार गर्न तीनचार दिन लाग्छ। ‘तल (सडक) बाट जाँदा सुत्केरी व्यथा लाग्ने भएकाले माथि (जहाज) बाट जान कुरिरहेकी छु,’ उनले भनिन्, ‘अझै कति दिन विमानस्थलमै बस्नुपर्ने हो टुंगो छैन्।’

बर्खा सुरु भएसँगै कर्णालीको सडकयात्रा जोखिमपूर्ण हुन्छ। यही बेला मुगुमा एक सातादेखि विमान पुगेको छैन। स्वास्थ्यकर्मी बुढाका अनुसार ३०-३५ जनाभन्दा धेरै विरामी विमान कुरेर बसिरहेका छन्। ‘विमानस्थल बिरामीले भरिन थालिसक्यो,’ उनले भनिन्, ‘विमान आउने टुंगो छैन्।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि लागु हुने गरी ‘अप्रेसन आवर’ बाहेकको समयमा वायु सेवा कम्पनीलाई उडान अनुमति नदिने निर्णय गरेपछि त्यसको मारमा उनीहरू परेका हुन्।

बर्खाको समयमा मुगु विमानस्थलमा १० बजेसम्म कुहिरो लाग्छ। त्यसपछि दिनभरि मुगुको मौसम सफा रहन्छ। प्राधिकरणको अप्रेसन आवर मुगु विमानस्थलका लागि बिहान साढे ६ बजेदेखि साढे १२ बजेसम्म मात्रै हुन्छ। ताल्चा विमानस्थल प्रमुख रोमन भट्टराईले अप्रेसन आवर मुगुका लागि अव्यवहारिक भएको बताए।

‘बिहानभरि यहाँ कुहिरो लागेको हुन्छ, विमान आउन सक्दैन्,’ उनले भने, ‘दिउँसो मौसम राम्रो हुन्छ, अप्रेसन आवरका कारण उडान हुन सक्दैन्।’

उनले सम्बन्धित विमानस्थलको अवस्था अध्ययन गरेर मात्रै निर्णय लिनुपर्ने बताए। मुगुको ताल्चा विमानस्थलमा अरू बेला बेलुका पाँच बजेसम्म उडान हुन्थ्यो।

गत वर्ष राष्ट्रिय सडक सञ्जालसँग जोडिएको डोल्पामा विमान नचल्दा यात्रु मारमा परेका छन्। ‘हाम्रो त रन वेको अवस्था पनि राम्रो छैन्,’ मौसम राम्रो भए पनि हावाको बहाव दिउँसो धेरै हुन्छ,’ दुनै विमानस्थल प्रमुख अमित चौरसियाले भने, ‘विमान नआउँदा विशेष गरेर बिरामी र अशक्तहरू समस्यामा परेका छन्।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि लागु हुने गरी ‘अप्रेसन आवर’ बाहेकको समयमा वायु सेवा कम्पनीलाई उडान अनुमति नदिने निर्णय गरेपछि त्यसको मारमा उनीहरू परेका हुन्।

उनले विमानको टिकट काटेर बसेका बिरामीलाई एम्बुलेन्समार्फत पठाउने गरिएको बताए।

हुम्ला विमानस्थलको अप्रेशन आवर (जहाज र हेलिकोप्टर उडाउन मिल्ने समय बिहान साढे ६ बजेदेखि साढे १२ बजेसम्म मात्रै हो। अहिले बर्खाको समय भएकाले विमानस्थल बिहान १० नबजी खुल्दैन। यही समस्याका कारण पछिल्लो समय हुम्ला विमानस्थलमा उडान अत्यन्तै न्यून भइरहेको छ। कुनै दिन उडाननै हुँदैनन्। दिनभरि खाद्यान्न र गाउँगाउँबाट मानिस ओसार्ने हेलिकोप्टर अहिले कामविहीन भएका छन्। सिमकोट नागरिक उड्डयन कार्यालयका प्रमुख महेन्द्र सिंहका अनुसार १४ गते यता आठ वटा जहाज मात्र अवतरण भएका छन्। ‘यहाँ (हुम्ला) मा मौसम खुले बाटोमा बिग्रन्छ, बाटोमा खुले यहाँको मौसम बिग्रन्छ,’ उनले भने, ‘अझ अप्रेसन आवरभित्रै वायु सेवा कम्पनीले उडान गर्नुपर्ने बाध्यता रहेकाले हुम्लामा अहिले न्यून उडान भइरहेको छ।’

सिंहका अनुसार बर्खाको समयमा प्रायः १० बजे अघिसम्म मौसमले साथ दिँदैन्। प्राधिकरणले हवाइजहाजसँगै हेलिकोप्टरलाई पनि सोही नियम लगाएको छ। हुम्ला सदरमुकाम सिमकोटसहित उपल्लो हुम्लामा यातायातका साधन नचल्ने भएकाले अनुदानमा गएको खाद्यान्न, नुन लगायतका सामग्रीहरू हेलिकोप्टरले कर्णाली करिडोरको स्यालतडीबाट ढुवानी गर्थे। यसका लागि सिमकोट विमानस्थलमा फिस्टेल र माउन्टेन एयरका दुई हेलिकोप्टर छन्। उनीहरू पनि साढे १२ बजेपछि उडान भर्न पाउँदैनन्।

हुम्ला विमानस्थलको अप्रेशन आवर (जहाज र हेलिकोप्टर उडाउन मिल्ने समय बिहान साढे ६ बजेदेखि साढे १२ बजेसम्म मात्रै हो। अहिले बर्खाको समय भएकाले विमानस्थल बिहान १० नबजी खुल्दैन।

कर्णालीका १० जिल्लामा आठ वटा विमानस्थल छन्। तीमध्ये कालिकोटको सुनथराली विमानस्थल सञ्चालनमा आएको छैन्। सुर्खेत विमानस्थल र हुम्ला विमानस्थलबाहेकको अप्रेसन आवर माघ १८ देखि मंसिर १५ गतेसम्म बिहान साढे ६ देखि साढे १२ बजेसम्म र मंसिर १६ देखि माघ १७ गतेसम्म बिहान ६ देखि १२ बजेसम्मको छ।

सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुंगेलले एक सिफ्ट मात्रै सञ्चालन हुने विमानस्थलहरूमा हावाको चाप दिउँसो बढ्ने, छिनभरमै मौसममा खराबी आउने, दुर्घटनाको जोखिम बढ्ने आदि कारणले अप्रेसन आवरबाहेकको समयमा सञ्चालन नगर्न केन्द्रबाट निर्देशन आएको बताए।

‘हामीले काठमाडौंबाट हुम्ला जान आएको चार्टर्ड हेलिकोप्टर पनि रोकेका छौं,’ उनले भने, ‘हवाई सुरक्षाका लागि यो नियम राम्रो भए पनि कर्णालीका नागरिकका लागि भने सास्तीको विषय बनेको छ।’

उनले कर्णालीको मौसम छिनभरमै परिवर्तन हुने भएकाले विमानस्थल अनुसार फरकफरक नियम बनाउँदा सहज हुने बताए। उनले अप्रेसन आवरका कारण पहिले जस्तो उडान सहज भने नभएको बताए।

‘विमान सञ्चालक कम्पनीले केन्द्रबाटै उडान अनुमतिको पत्र ल्याएका हुन्छन्, हामीले सोही अनुसार समन्वय गर्ने मात्रै हो,’ उनले भने, ‘पहिले मौसम खुलेका बेला दिनभरि पहाडी जिल्लाहरूमा उडान हुन्थ्यो, नयाँ नियमले १२ बजेपछि हामी सुर्खेत विमानस्थलबाट उडान अनुमति दिँदैनौं।’