☰ open Loading... 20 September 2024|  

डेकेन्द्र स्मृति पत्रकारिता पुरुस्कार अमर सुनारलाई
  | २७ श्रावण २०८०, शनिबार १८:५८

 


यामराज बिष्ट
दैलेख –नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले डेकेन्द्र स्मृति पत्रकारिता पुरुस्कार पत्रकार अमर सुनारलाई प्रदान गरेको छ। पत्रकार डेकेन्द्रराज थापाको१९औँ स्मृति दिवसको अवसरमा दैलेखमा विगत लामो समयदेखि पत्रकारिता गरेका पत्रकार अमर सुनारलाई नगद सहित सम्मान गरिएको हो ।

पत्रकार डेकेन्द्र थापाको१९औँ स्मृति दिवसको अवसर पारेर पत्रकार अमर सुनारलाई नगद ५ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष यज्ञराज थापाले जानकारी दिए। उनले भने पत्रकार अमर सुनारले दिएको योगदानको प्रशंसा गर्दै दैलेखको पत्रकारिता क्षेत्रमा विशेष भूमिका खेलेको बताए। दैलेखमा लामो समय देखि पत्रकारिता योगदानको कदर गर्दै पुरस्कारको लागि नाम छनौट गरिएको हो,’ अध्यक्ष थापाले भने‘ महासंघ सधैं पत्रकारहरुको हकहितको लागि संघर्ष गरिनै रहने छ।’

 

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले पत्रकारिता क्षेत्रबाट पत्रकार डेकेन्द्रराज थापाले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको बताए।स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाले पु्¥याएको योगदानको स्मरण गर्दै डेकेन्द्र थापाले समग्र दैलेखी जनताको अधिकार प्राप्तिका लागि सामाजिक अभियन्ता  रहेको बताए ।

न्याय पाउनुपर्ने मान्छेले न्याय पायो कि पाएन त्यता तिर सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।दैलेखमा अन्य सहिद परिवार धेरै हुनुहुन्छ उहाँले पनि न्याय पाउनुपर्ने बताए ।

यस्तै समाज परिवर्तन गर्न पत्रकार डेकेन्द्रराज थापाको महत्त्वपूर्ण भुमिका रहेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए।उनले भने हामीले उनीबाट सिक्नुपर्ने कुराहरु धेरै रहेको बताए ।आफुले नारायण नगरपालिकाबाट सक्ने सहयोग गर्ने समेत उनले प्रतिबद्वता जनाए।

कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले डेकेन्द्र स्मृति पत्रकारिता पुरुस्कार पाउनु पर्ने ब्यक्तीले पाएकोमा बधाई दिए।यस्ता किसिमका पुरुस्कार तथा सम्मानले पत्रकारितामा थप उर्जा थपिने विश्वास व्यक्त गरे।आफुले अक्षय कोष स्थापनाका लागी ११हजार एक सय ११रुपौया सहयोग गर्ने घोषणा गरेका छन्।

यसैगरी डेकेन्द्र स्मृति अक्षय कोष स्थापनाका लागी सेतो गुराँस बालविकास सेवा,दैलेखकी निर्देशक राधा मल्लले ५हजार एक सय,पत्रकार बिशाल सुनारले ५हजार , पत्रकार कृष्ण कमल अधिकारीले २हजार दिने घोषणा गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल,प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखका अध्यक्ष पुष्कर थापा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पार्टीका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारीले भनाई राखेका थिए ।

२०६१ असार १२ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका पत्रकार थापाको साउन २७ गते द्धारी गाविसको नेराप्रावीको कोठामा निर्घात कुटपीट गरी जिउँदै गाडेरे हत्या भएको थियो ।