☰ open Loading... 20 September 2024|  

सत्तामा भएका नेताहरू कुर्सी बचाउनतिर लागे – पूर्व प्रधानमन्त्री भट्टराई
  | २८ श्रावण २०८०, आईतवार ०५:२५

सुर्खेत । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्तामा भएका नेताहरु कुर्सी बचाउनतिर लागेको आरोप लगाएका छन् । शनिवार समाजवादी पार्टीले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले सत्तामा भएका नेताहरु जनताको हितमा नभई कुर्सी बचाउने खेलमा लागेको बताएका हुन् ।

उनले गणतन्त्र आएपछि भ्रष्टचार घट्नुपर्नेमा झन भ्रष्टचार बढ्दै गएको टिप्पणाी गरे । साथै अध्यक्ष डा. भट्टराईले अख्तियार निकै कमजोर भएको र त्यसको काम नभएको बताउँदै ललिता निवासको सन्दर्भमा थप छानबिन हुनुपर्ने बताए ।

सो प्रकरणमा आफ्नो नाम पनि जोडिएको भन्दै उनले यसमा उच्च स्तरीय समिति बनाएर सत्यतथ्य छानबिन गर्न तयार हुने बताए । उनले भने ‘अहिले देखिएका भ्रष्टाचार त छँदै छन्, ति बाहेक अरुपनि यस्ता भ्रष्टाचार होलान ति सबैको छानबिन हुनुपर्छ।’ अध्यक्ष डा. भट्टराईले कुनै पनि दलको बहुमत नरहेकाले सत्ता गठबन्धन परिवर्तन भइरहने बताए।

‘कुनै दलसँग बहुमत छैन। चाहयो भने सत्ता गठबन्धन परिवर्तन हुनसक्छ। त्यसैले यो निर्वाचन प्रणाली नै बदल्नुपर्छ। कसैको पनि बहुमत छैन। ३० सिट भएको पार्टीले सरकारको नेतृत्व गरिरहेको छ। अरू पनि ७९ र ८९ सिटका छन्। यस्तो गठजोड भइराछ,’ उनले भने।