☰ open Loading... 21 September 2024|  

सरकारविरुद्ध संघर्ष गर्ने झलनाथ खनालको चेतावनी
  | २८ श्रावण २०८०, आईतवार ०५:२७

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टी निकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन्।

उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन कुनै आवश्यक नरहेको उल्लेख गरे। खेलकुद क्षेत्रमा मानवजिवनलाई स्वस्थ बनाउनेमात्रै नभएर देशको नाम स्थापीत गर्ने भएकाले यसलाई स्थापीत गर्नुपर्ने उनले बताए। उनले देशका सवै तहमा महासंघलाई विस्तार गर्न निर्देशन दिए।