☰ open Loading... 21 September 2024|  

सक्रिय राजनीतिबाट विश्रामको घोषणा गरेकी एलिजा बालकोटमा
  | २९ श्रावण २०८०, सोमबार ०५:२४

काठमाडौं । सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी एलिजा गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेकी छन् ।

सञ्चारकर्मी ऋषि धमला पत्नी गौतमले एमाले अध्यक्ष ओलीसँग भेट गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरु पोस्ट गरेकी छन् ।

‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, उनले लेखेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ । बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ ।’

उनले गरेको यो पोस्टले उनी पुनः सक्रिय राजनीतिमा आउने संकेत गरेको धेरैको अनुमान छ ।२०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा पार्टीमा प्रवेश गरेकी उनी पार्टीको केन्द्रीय सदस्य थिइन् ।

केही समयअघि धरानका मेयर हर्क साम्पाङसँग भेटेर सक्रिय राजनीति छाडेर समाज सेवा गर्ने उद्घोष गरेकी थिइन् ।एलिजा फाउन्डेसनमार्फत सामाजिक काममा दखिदै आएकी थिइन् ।