☰ open Loading... 21 September 2024|  

दैलेख ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन
  | २९ श्रावण २०८०, सोमबार ०५:३३

 

यामराज बिष्ट
दैलेल – जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गत आर्थिक वर्ष २०७९।८०मा ३९ लाख बढी राजस्व उठाएको छ ।ट्राफिक निमय उल्लङ्घन गर्ने सवारी साधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।

गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर ३९लाख४८हजार ५सय रुपैयाँ राजस्व उठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका ट्राफिक प्रहरी प्रमुख भिम बहादुर खत्रीले बताए।

दैलेख जिल्लाका विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले आर्थिक बर्ष२०७९साउन१देखि२०८०असार सान्तसम्मको अवधिमा४हजार८सय६सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए ।

जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल, जिप ,कार दोस्रो नम्बरमा ट्रक ,बस,ट्यांकर,ट्क्याटर,अटो,टेम्पो रहेकाउनले बताए।गत आबको तुलनामा यस आबमा सवारी दुर्घटनामा ४०प्रतिशतले कमि आएको उनले बताए।

कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन्।उक्त अवधिमा१हजार ६सय४८ मोटरसाइकलबाट१३लाख३५हजार५सय राजस्व सङ्कलन भएको छ। एक हजार १सय५९कार र जीपबाट९लाख७०हजार ,आठ सय ८ट्रक तथा ट्यांँकर बाट ६लाख८७हजार, ३सय७२टेक्टर बाट३लाख४हजार, ५सय३६बस ,मिनिबसबाट४लाख२३हजार५सय  र अटो,टेम्पो २सय८३ सवारी साधनबाट२लाख२८हजार५सय गरी रु३९लाख४८हजार ५सय राजस्व सङ्कलन भएको हो।

ट्राफिक प्रहरी प्रमुख खत्रीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका,साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस अवधिमा दैलेख ट्राफिक प्रहरीले यात्रु सुरक्षा अभियान अन्तर्गत यात्री चालक र सहचालकलाई ट्राफिक नियम सवारी दुर्घटना सम्बधित सचेतना कार्यक्रम गरेको छ।

यस्तै सुरक्षित कर्णाली अभियान अन्तर्गत दैलेखका बिभिन्न सरकारी तथा निजि विद्यालयमा ट्राफिक प्रहरीले सचेनामुलक कार्यक्रम पनि सञ्चालन गरेकोछ।सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेख संग पनि कार्यक्रम गरिनुका साथै सचेनाको लागि दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत बिभिन्न ठाउँमा जानकारी मुलक होडिङ बोर्डहरु राखेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।