☰ open Loading... 21 September 2024|  

विमानस्थलबाट बरामद गरिएको सुनको तौल ६० केजी ७८९ ग्राम
  | ३० श्रावण २०८०, मंगलवार ०५:३१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७८९ ग्राम रहेको पाइएको छ । चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा भित्र्याएको सुन सोमबार जोख्दा ६० केजी ७८९ ग्राम भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेक शुबाट सुन छुट्टयाएर जोखेको थियो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ।

हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १ सय ६० वटा ब्रेक सु बरामद भएको थियो ।

सुन प्रकरणको १९ दिनसम्म राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।