☰ open Loading... 7 September 2024|  

चितवनको टिकौली जंगलमा ८ सवारी साधन एक-आपसमा ठोक्किए, २० जना घाइते
  | ३१ श्रावण २०८०, बुधबार १९:२१

चितवनको भरतपुर महानगरपालिका ९ स्थित टिकौली जङ्गलमा भयानक सवारी दुर्घटना भएको छ। सो जंगलमा आज बिहान साढे ११ बजे भरतपुरबाट टाँडी तर्फ जादै गरेको अक्सफोड कलेजको बस र बिपरित दिशाबाट आउदै गरेका ७ सवारी साधन एकआपसमा ठोक्किएका थिए।

उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकलहरु एक-आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्। घाइतेकाे उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।