☰ open Loading... 19 September 2024|  

सशस्त्रको एसएसपीमा १२ जना सिफारिस, पछाडिका तीन जना ‘इन’, अगाडिका तीन ‘आउट’
  | १ भाद्र २०८०, शुक्रबार ०५:२८

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १२ जना उपरीक्षक (एसपी)लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समिति सचिवालयको बिहीबार बसेको बैठकले रिक्त १२ पद संख्यामा बढुवा सिफारिस गरेको हो । बढुवाका लागि सूचना प्रकाशित भएको ठिक एक महिनापछि बढुवा सिफारिस गरिएको हो ।

विशेषगरी, पहिलो लटमा बढुवा भई पछाडि रहेका र दोस्रो टोलीमा बढुवा भएका केहीले चर्काे लबिङ गरेपछि बढुवा सिफारिसमा ढिलाइ भएको थियो । तर, कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख गरिएको बढुवासम्बन्धी व्यवस्थालाई आधार मानेर ती १२ जनाको नाम सिफारिस गरिएको हो । बढुवामा गृह मन्त्रालयलगायत बाहिरी दबाब लगभग शून्य रहेको सशस्त्र मुख्यालयले जनाएको छ । संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलोपटक भएको दाबी गरिएको छ ।

सिफारिसमा क्रमसंख्यामा अगाडि रहेका केही एसपी बढुवामा छुटेका छन् । पछाडि रहेका केही एसपी बढुवा भएका छन् । तर, दोस्रो टोलीमा बढुवा भएका कसैलाई पनि अहिले सिफारिस गरिएको छैन ।

नाम सिफारिस हुनेहरू सबै सिसंं २ का सशस्त्र प्रहरी उपरीक्षक हुन् । उनीहरू १५ चैत २०७५ मा सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृत हुन् । सो सिसंको दोस्रो टोली ५ जेठ २०७७ मा एसपी बढुवा भएकोमा बिहीबार सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएका मात्रै छन् । सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन् । सो टालीका बाँकी १९ मध्ये बिहीबार १२ जनाको नाम सिफारिस भएको हो ।

१२ जना सिफारिस हुँदा १२ नम्बरभित्रका तीन जना धकेलिएर ‘आउट’ हुँदा १२ पछिका तीन जना ‘इन’ भएका छन् । १२ नम्बरभित्र १ र २ नम्बरमा रहेका राजेश उप्रेती र गंगाराम श्रेष्ठ क्रमशः १ र २ मै बढुवा सिफारिसमा परेका छन् । ३ नम्बरका भरत खनिया ४ नम्बरमा पुगेका छन् । ७ नम्बरका रविनराज कर्णजित तीन नम्बरमा उक्लन सफल भएका छन् । ४ नम्बरका धु्रव कार्की भने बढुवा सिफारिसमा पर्न सकेनन् । ५ नम्बरका रमेशकुमार पाण्डे ६ नम्बरमा पुग्दा ६ नम्बरका तीर्थराज पौडेल आठ नम्बरमा पुगेका छन् ।

यसैगरी, ८ नम्बरका वीरसिंह साहु र ९ नम्बरका जनक पुरी बढुवा सिफारिसको सूचीभित्रै पर्न सकेनन् । १० नम्बरका नेत्रबहादुर कार्की ५ नम्बरमा उक्लिन सफल भएका छन् । डीएसपीबाट एसपी हुँदा उनीमाथि ठूलो अन्याय भएको थियो । त्यतिबेला ६ नम्बरबाट उनलाई २४ नम्बरमा हुत्याइएको थियो ।

त्यस्तै, ११ नम्बरका सूर्यबहादुर सेन ओली ११ नम्बरमै र १२ नम्बरका तेजबहादुर पोखरेल १२ नम्बरमै बढुवा सिफारिसमा परेका छन् ।
१३ नम्बरका यादव विश्वकर्मा सूचीमा पर्न नसक्दा १४ नम्बरका विकास घिमिरे ७ नम्बरमा सिफारिसमा पर्न सफल भएका छन् । १५ नम्बरका टोपबहादुर खनाल सूचीभित्र पर्न नसक्दा १६ नम्बरका नरेन्द्र बम १० नम्बरमा बढुवा सिफारिसमा परेका छन् ।

यस्तै, १७ नम्बरका अशोक बम बढुवा सिफारिसमा नपर्दा १८ नम्बरका जहरसिंह बुढामगर ९ नम्बरमा फड्को हान्न सफल भएका छन् । १९ नम्बरका वीरेन्द्र ऐर पनि सूचीमा पर्न सकेनन् ।

राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक भएदेखि नै उनले वृत्ति विकासमा विशेष ध्यान दिँदै आएका छन् । उनी संगठनलाई नीतिनियमअनुसार अघि बढाउन दृढताका साथ उभिएका छन् । उनले सरुवा बढुवालगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम गर्न थालेपछि सशस्त्रमा उत्साह छाएको छ । साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हबल्दारसम्म ६ हजार बढी कर्मचारीको एकैपटक बढुवा भएको छ ।

यसपटक ओ एन्ड एम नभएको भए सिसं २ का जम्मा ४ जना मात्र एसएसपीमा बढुवा हुने अवस्था थियो । डिएसपी र एसपी बढुवाका लागि अझ चार÷पाँच वर्ष कुर्नुपर्ने अवस्था थियो । महानिरीक्षक अर्यालले सोही समस्या समाधान गर्न पहल गरेसँगै बढुवाको जाम पनि अन्त्य भएको छ ।

सशस्त्र प्रहरीमा वर्षांैदेखि रहेको वृत्तिविकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत केही दरबन्दी थप र केही पद समायोजन भएका थिए ।

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृत एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ ।