☰ open Loading... 20 September 2024|  

वडा अध्यक्ष रिजालले आफ्नो सुबिधाबाट सुरु गरे सुत्केरी कोसेली कार्यक्रम
  | २ भाद्र २०८०, शनिबार ०५:२१

बाँके – कोहलपुर नगरपालिका वडा नं. ०३ का वडा अध्यक्ष माधब रिजालले आफुले राज्यबाट प्राप्त गर्दै आएको सेवा सुविधा एंव पारिश्रमिकबाट “सुत्केरी कोसेली कार्यक्रम” लागु गरेका छ्न  ।आफ्नो कार्यकाल भरि केहि रकम कटौती गरि उक्त रकमबाट यस वडामा सुत्केरी हुने दिदिबहिनीहरुको  पोषण सुधारका लागि सो कार्य गरेका हुन ।

रिजालले आफ्नो सानो सहयोगले सुत्केरी आमाको लागि पोषणयुक्त खानेकुरा एंव स्वास्थ्य सामाग्री बितरण गर्दा आफुलाई आत्मसन्तुष्टि मिलेको बताए। शुक्रवार वडा भरिका ९ जना सुत्केरी आमाहरुलाई घर घरमै गएर आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्दै कोसेली बितरण  गरेको उनले बाताए । वडाका जनप्रतिनिधि ,कर्मचारी र स्वास्थ्यकर्मी हरु सहित गएर सुत्केरी आमा र बच्चाको स्वास्थ बारे सुझाब दिदै प्रत्यक सुत्केरी आमाको घर घरमा पुगेर भेटघाट गरेका थिए ।

वडा अध्यक्ष लगायतको टिम आफू अनि बच्चालाई कोसेली लिएर भेट्न आउदा आफुले हालेको मतले सार्थकता पाएको अनि जनताको सेवामा खटिने र हाम्रो पिडामा साथ दिने वडा अध्यक्ष पाएकोमा खुसि लागेको सुत्केरि आमाहरुले बताए ।