☰ open Loading... 16 September 2024|  

पूर्वीरुकुमबाट अफिम बेच्न पोखरा आएको टोली पक्राउ
  | ४ भाद्र २०८०, सोमबार ०५:२५

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागु औषध अफिमसहित पूर्वीरुकुमका दीपेश पुनलाई पक्राउ गरेको छ । प्रहरीले पूर्वीरुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय पुनलाई गए राति पोखरा महानगरपालिका २५ हेमजाबाट पक्राउ गरेको हो ।

पुनसहित पुथाउत्तरगंगा १ का ४० वर्षीय बिराज पुन र बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुनले गएराति अवैध लागूऔषध अफिम पूर्वीरुकुमबाट बेचबिखनका लागि पोखरा ल्याउँदै थिए ।

सोही सूूूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडाैं, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रहरी टोलीले दीपेशलाई हेमजाबाट पक्राउ गरेको थियो ।

हेमजास्थित सडकमा बेच्न साथमा लिई हिँडेको अवस्थामा दीपेशलाई अवैध लागूऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । दीपेशको साथमा रहेको ५ केजी ७ सय ग्राम अफिम बरामद गरिएको डिएसपी विकले बताए ।

सोही लागूऔषध किनबेचमा संलग्न तेजेन्द्रबहादुर र विराजलाई प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट ३ सेट मोबाइल पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।