☰ open Loading... 19 September 2024|  

दैलेखमा बैंकर्स क्लब गठन
  | ४ भाद्र २०८०, सोमबार ०५:५६

 

दैलेख –दैलेखका विभिन्न बैंक तथा बित्तिय संघ–संस्थाहरूमा कार्यरत कर्मचारीहरू संगठित भएका छन् । उनीहरूले संगठित भएर दैलेखमा बैंकर्स क्लब गठन गरी संगठित भएका हुन् ।

क्लबको अध्यक्षमा श्याम महतरा सर्वसम्मत चयन भएका हुन् ।समितिमा उपाध्यक्ष राष्ट्रिय वाणिज्य बैंक दैलेखका शाखा प्रमुख कृष्ण प्रसाद उपाध्याय,सचिवमा प्रभु बैंकका प्रमुख उमेश प्याकुरेल,कोषाध्यक्षमा सिद्धार्थ बैंकका प्रमुख रोशनराज दाहाल,सह सचिवमा एनएमबी बैंकका प्रमुख विजयराज जोशी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शाखा प्रबन्धक शान्ति देव पूरी,राष्ट्रिय सहकारि बैंकका शाखा प्रबन्धक प्रकाश राज कार्की,कुमारी बैकका शाखा प्रबन्धक खगेन्द्र थापा ,गोलबल बैंकका शाखा प्रबन्धक यज्ञराज खनाल,एनआईसि बैंकका प्रबन्धक सुजल मल्ल,कृषि बिकास बैकका प्रबन्धकअन्जन कुमार राई चयन भएको सचिव उमेश प्याकुरेलले जानकारी दिए ।

क्लबले दैलेख जिल्ला भित्र रहेका बैंक तथा वित्तिय संस्थालाई संगठित गरेर बैंकिङ तथा सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्य रहेको उनले बताए ।दैलेखमा मात्रै १०वटा वाणिज्य बैंकका शाखा छन्।