☰ open Loading... 19 September 2024|  

भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने
  | ५ भाद्र २०८०, मंगलवार ०५:०८

यही भदौ १५ गते हुने नारायण रायमाझी साङ्गीतिक साँझको तयारी पूरा भएको छ । रायमाझीको उक्त सांगीतिक साँझलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको हो । स्रष्टाको सम्मानको लागि प्रतिष्ठानले यसअघि नै कार्यक्रमको घोषणा गरिसकेको थियो ।

उक्त एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरु प्रस्तुत गर्ने जनाईएको छ। उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवको रूपमा चित्रण गरेको छ । रायमाझी लोकगीत, संगीत, संस्कृतिको निरन्तर साधक हुन् । उनले आफ्नो सम्पूर्ण जीवन गीतिसंगितमै समर्पण गरेका छन् । रायमाझी चलचित्र निर्देशक पनि हुन् । उनी २०२० सालमा पाल्पामा आमा कृष्णकुमारी र बुवा सुर्यबहादुर रायमाझीको दोस्रो सन्तानको रुपमा जन्मिएका हुन् ।

नेपाल टेलिकमको प्रायोजन रहने उक्त सांगीतिक साँझमा रायमाझीलाई लोक, गीति र संगित क्षेत्रमा रहेकाहरुको उपस्थिति रहनेछ । रायमाझीले आफ्नो सांगीतिक यात्रा भने २०४२ सालबाट सुरु गरेका हुन् । उनले त्यतिवेला कारगिल (रेलिमै) बाट आफ्नो सांगीतिक यात्राको सुरुवात गरेका हुन् ।

उनका फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, राम्दी पुल तर्ने, गेटमा वेली जाई, कालो केशमा रातो रिवन, शिरमा रिवन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईली, लाइछौं वेशन, नमुछे आमा दहीमा टिका, हाँसेर बोलीदेउ माया, सान्नानीले झुक्यायो मलाई लगायत सयौं गीतहरु सबैका मनमुटुमा बसेका छन् ।