☰ open Loading... 20 September 2024|  

जुम्लामा बाढीले बगाएर महिला बेपत्ता
  | ५ भाद्र २०८०, मंगलवार ०६:३३

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा बाढीले बगाउँदा एक महिला बेपत्ता हुनुभएको छ । पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ वर्षीया पन्नीकली बुढालाई बाढीले बगाएर बेपत्ता पारेको प्रहरी चौकी पातारासी डिल्लीचौरले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक बुद्धि साउदका अनुसार घट्टमा गएकी महिला एक्कासी घट्टेखोलामा भारी वर्षापछिको बाढीले बगाएर बेपत्ता भएको हो । बाढीले त्यस क्षेत्रका ५र६ वटा घट्ट पनि बगाएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।