☰ open Loading... 20 September 2024|  

इन्डिगो फ्लाइटमा यात्रुलाई रगत बान्ता भयो, उडानकै क्रममा मृत्यु
  | ६ भाद्र २०८०, बुधबार ०५:२७

काठमाडौं । सोमबार मुम्बईबाट राँचीका लागि उडेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ ।

यात्रुले रगत बान्ता गरेपछि विमानले नागपुरमा आकस्मिक अवतरण गर्नुपर्‍यो तर यात्रुलाई बचाउन सकिएन ।

नागपुर विमानस्थलस्थित किम्स अस्पतालले ६२ वर्षीय पुरुष यात्रुलाई मिर्गौला र क्षयरोगको रोग लागेको र यात्राको क्रममा रगत बान्ता हुन थालेको जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृत अवस्थामा ल्याइएको बताइएको छ ।

राति करिब आठ बजे यात्रुले रगत वान्ता गर्न थाले, जसलाई देखेर पाइलटले नागपुरमा आपतकालीन अवतरण गर्ने निर्णय गरे।

इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, “मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान ६ इ ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरिएको थियो, यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो। तर दुर्भाग्यवश यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ।

पछिल्लो समय विमानस्थलबाट अस्पतालमा मृतकलाई ल्याइएको यो दोस्रो पटक हो । गत हप्ता, नागपुर-पुणे उडानको प्रतीक्षामा इन्डिगो एयरलाइन्सका ४० वर्षीय पाइलटको मृत्यु भएको थियो।