☰ open Loading... 21 September 2024|  

तीन तहको सरकार बीचमा सहकार्य आवश्यक : मुख्यमन्त्री शर्मा
  | ८ भाद्र २०८०, शुक्रबार ०९:५८

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यहाँको शिक्षाको स्थिति अन्य प्रदेशभन्दा पछाडि नै रहेको हुँदा यसलाई माथि उकास्न आवश्यक छ भने ।

‘समस्या र अभाव छ, त्यहाँ सरकार हुनुपर्दछ’, उनले भने, ‘यसमा तीन तहको सरकारको त्यत्तिकै भूमिका छ । तीनै तहको सरकारको उद्देश्य भनेकै आम नागरिकलाई खुसी तुल्याउनु हो । सामाजिक न्यायको अनुभूति गराउनु हो ।’ ज्ञानका लागि शिक्षा चाहिएको र शिक्षाले नै नागरिकलाई साक्षर बनाउने हो भन्दै मुख्यमन्त्री शर्माले आर्थिक, सांस्कृतिक र सामाजिक न्यायका लागि तीनै तहका सरकारले कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए ।