☰ open Loading... 21 September 2024|  

कोशी प्रदेश सरकार फेरि कामचलाउ
  | ८ भाद्र २०८०, शुक्रबार १०:०३

कोशी प्रदेश सरकार कामचलाउ सरकारको रुपमा परिणत भएको छ । बिहीबार सवोृच्च अदालतले कोशी सरकारविरुद्ध अन्तरिम आदेश जारी गर्दै दीर्घकालीन असर पर्ने र नीतिगत निर्णय नगर्न भनेको छ ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि भोट हालेपछि एमालेले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

गत भदौ ४ गते बसेको कोशी प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्यहरू इस्राइल मन्सुरी र गीता तिमलसिनाले पालो पालो गरी सभाको अध्यक्षता गरेको देखिएको पनि जनाएको छ । त्यही बैठकका सन्दर्भमा दुवै जनाले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएर त्यो मतसमेत गणना गरी सरकारको पक्षमा ४७ मत र विपक्षमा ३० मत प्राप्त भएको भनी घोषणा गरिएको देखिएको पनि जनाएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतवडाको इजलासले पूर्ण सुनुवाइका यही भदौ १५ गते शुक्रबार अग्राधिकार दिई पेसीमा राख्न पनि भनेको छ ।