☰ open Loading... 18 October 2024|  

झलनाथ खनाल : गठबन्धनकै नेता, गठबन्धनकै विरोधी
  | १० भाद्र २०८०, आईतवार ०५:२१

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनाल गठबन्धनप्रति ब्यग्र आक्रोश पोख्छन्। सार्वजनिक स्थानमा दिएका उनको अभिव्यक्तिमा गठबन्धन र सत्ताको प्रमुख घटक नेपाली कांग्रेसप्रति अति क्रोद हुन्छ।

उनी कांग्रेसलाई त दक्षिणपन्थी दलको संज्ञा दिन्छन्। यता गठबन्धनलाई समेत गालीगलौज भइरन्छ। उनी पछिल्ला दिनमा झनै क्रोदित भइरहेका छन्। आज मात्रै पनि खनालले  सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको कुराको शिकार गरेको आरोप लगाए।

शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै खनालले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरहेको बताएका हुन्।

उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो? भन्दै प्रश्नसमेत गरे । उनले, ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लङ्घन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । कोशीमा त दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ? हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको शिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ ।’

हुन त खनाल पछिल्लो समय आफ्नै पार्टीभित्र पनि असन्तुष्ट छन्। उनी पार्टी नेतृत्वलाई खुलेर विरोध गर्छन्। केही दिनअघि पार्टीको बैठकमा फरक मत नै राखे। उनले पार्टी अघि बढ्न नसकेको र एमालेबाट बिद्रोह गरेको पुष्टि नभएको अभिव्यक्ति दिए।

यता समाजवादीका अन्य नेता भने खनालको विरुद्धमा प्रायःअभिव्यक्ति दिँदैछन्। उनीहरु गएको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हार्नुको उपज सम्झन्छन्।

खनालले गृहजिल्ला इलामबाट निर्वाचन हारेका थिए। सत्ता गठबन्धनको दल नेपाली कांग्रेसले मत नहालेको भन्दै त्यसबेला पनि उनी क्रोदित भएका थिए।