☰ open Loading... 18 October 2024|  

युवा संघको कर्णाली प्रदेश अध्यक्षमा शाही
  | १० भाद्र २०८०, आईतवार १४:३१

 

दैलेख । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको कर्णाली प्रदेश अध्यक्षमा जीवन शाही चयन भएका छन् । प्रदेश राजधानीमा भएको संघको पहिलो अधिवेशनले शाहीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

युवा संघ दैलेखको अध्यक्ष समेत भइसकेका उनी स्वास्थ्यकर्मी पनि हुन्। यस्तै उपाध्यक्षमा कालीकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह- सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही चयन भएका छन् । कोषाध्यक्षमा हुम्लाका मोहन बुढा चयन भएका छन् ।

सदस्यहरूको टुंगो भने यसअघि नै लागि सकेको थियो । अध्यक्षका लागि शाहीसँगै चार जनाको दाबी थियो ।