☰ open Loading... 20 September 2024|  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा शुरु
  | १७ भाद्र २०८०, आईतवार ०९:५६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलासिस सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सेवाको शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिष्ठानमा पहिलो पटक ६ वटा डायलासिस मेशिन समेत उपलब्ध गराएको छ । प्रतिष्ठानमा डायलासिस सेवा उद्घाटन गर्दै मन्त्री बस्नेतले कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठान भन्दा बढी र प्राथमिकताका आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मङ्गल रावलले पढ्ने र पढाउने भवन अभाव भएको भन्दै पूर्वाधारमा सहयोग गर्न अनुरोध गरे ।

उपकुलपति रावलले ३ सय शय्या बाहेक अन्य भवन नहुँदा चिकित्सकहरू भाडाको घरमा बस्न बाध्य भएकाले समस्या भएको सुनाए । साथै प्रतिष्ठानका जनशक्तिको स्थायित्वको विषयमा जोड दिइनुपर्ने तथा जनशक्तिलाई सुविधा थपिनुपर्नेमा उनले जोड दिए ।