☰ open Loading... 19 September 2024|  

दोहोरी गीत प्रतिष्ठान दैलेखको सम्मान तथा साधारण सभा सम्पन्न
  | १९ भाद्र २०८०, मंगलवार ०६:११

 

हिमेन्द्र बिक दैलेख।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षतामा सोमबार ८औँ साधारणसभा सम्पन्न भएको हो ।

लोक दोहोरी गीत हाम्रो संस्कृती हो यसको बिकास गर्नुपर्ने र जिल्लाका लोक तथा दोहोरी गीत संगीत सरक्षंण गर्न सबैले सहयोग गर्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशका प्रथम उपाध्यक्ष खगेन्द्र गौतमले बताए।

यस्तै नारायण नगरपालिका दैलेखका का.बा नगरप्रमुख तप्ता थापाले कला संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा आफनो पनि सधै साथ रहने बताईन् ।का.बा नगरप्रमुख थापालेआगामी दिनमा जुनसुकै अवस्थामा पनि प्रतिष्ठानलाई सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् ।

 

कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष यामराज विष्टले लोक तथा दोहोरी गीत प्रतिष्ठानले दैलेखमा धेरै राम्रा काम गर्ने लागेकोले सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।उनले प्रतिष्ठानका लागि जति गर्नुपथ्र्यो त्यति गर्न नसकिएको तर जति गरियो त्यो महत्वपुर्ण रहेको बताउँदै सबैलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यत्रममा प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा योगदान दिएका दैलेखका अग्रज कलाकार मोहन गौतम, व्यबसायि लछुमन  श्रेष्ठलाई सम्मान गरिएको छ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका प्रथम उपाध्यक्ष हेमराज अधिकारी,उद्योग वाणिज्य सङ्घ दैलेखका महासचिव प्रकाश पौडेल, लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापन अध्यक्ष लोकेन्द्र कुमार जीसी,पत्रकार अमर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।