☰ open Loading... 20 September 2024|  

थाइल्याण्डले नेपाललाई दियो १०६ रनको लक्ष्य
  | २२ भाद्र २०८०, शुक्रबार ०९:५६

काठमाडौँ । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई थाइल्याण्डले १०६ रनको लक्ष्य दिएको छ ।

बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको हो।

सुरुमै विकेट गुमाएपछि सुस्त सुरुवात गरेको थाइल्याण्डले ओपनर नानापात खोज्जारोएन्काईको अर्ध शतक मद्दतमा सय रन कटाएको थियो। नानापात बोङ्खारोएन्काईले ६३ बल खेल्दै ४ चौका मद्दतमा अभिजित ५९ रन बनाइन् ।

खेलको पहिलो ओभरमै नेपालकी कविता कुँवरले थाइल्याण्डकी ओपनर सुवानान खाइआओटोलाई रुविना क्षेत्रीबाट क्याचआउट गराएकी थिइन्। तर त्यसपछि नानापात बोच्चारोएन्काई र नाथाकान चान्यमले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै रन उकासेका थिए ।