☰ open Loading... 20 September 2024|  

ख्तियारको टोलीमाथि हातपात
  | २३ भाद्र २०८०, शनिबार ०५:१८

अख्तियारमा भवन निर्माणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि टोली अनुगमनमा गएको थियो । आज विहान करिब १२ बजेतिर अख्तियारको टोलीमाथि आक्रमण भएको हो ।

आक्रमणकारी स्थानीयले सवारी चालक मानबहादुर ठाडामाथि मुक्का प्रहार गरेका थिए ।स्थानीयहरु वीरेन्द्र चन्द, किरण शाही र चक्रबहादुर मल्ललाई जाजरकोट प्रहरीले अहिले नियन्त्रणमा लिईसकेको अख्तियार स्रोतले बताएको छ ।

‘उनिहरुले मुचुल्का तयार गरिरहेको बेला आत्रमण गरेका हुन ।’ अख्तियार सुर्खेत स्रोतले पहिलोप्रेससँग भन्यो, ‘उनिहरु अहिले प्रहरी नियन्त्रणमा छन् ।’स्रोतका अनुसार पाँच सदस्यीय टोली जाजरकोटका उजुरीमाथि अनुगमन गर्न गएको थियो ।