☰ open Loading... 16 November 2024|  

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो : लिङ्देन
  | २३ भाद्र २०८०, शनिबार ०५:१९

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाए कर्णालीका अनेकौँ सम्भावनाको ढोका खोल्ने दाबी गरे ।

सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुले सत्ता केन्द्रित राजनीति नगर्ने बताएको छ । पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताउँदै उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताए ।

पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको उहाँको भनाइ थियो । उनले भने, “सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्नका लागि हाम्रो पार्टीका १४ सांसदको साथ चाहिए दिन तयार छौँ ।” सोच र कार्यशैलीमा नवीन, राप्रपा अब नवीन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि राप्रपा अध्यक्षसहितका नेताहरु आज सुर्खेत आएका हुन् ।