☰ open Loading... 20 September 2024|  

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना
  | २३ भाद्र २०८०, शनिबार १८:१८

सुर्खेतका सक्रिय पत्रकार चिन्तामणी कंडेलले आफ्नो ३७ औ जन्मउत्सावका अवसरमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना गरेका छन् । उनले चिन्तामणी कंडेल क्रियाशील पत्रकारिता पुरस्कारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।

सुर्खेतबाट विगत डेड दशकदेखी पत्रकारिता पेशामा सक्रिय रहेका पत्रकार कंडेलले सक्रिय पत्रकारहरुको सम्मानमा हरेक बर्ष नेपाल प्रेस युनियन सुर्खेत शाखाको समन्वयमा पुरस्कार प्रदान गर्न आफुले जन्मदिनको अवसरमा फजुल खर्च गर्ने पैसा जोगाएर अक्षय कोषको स्थापना गरेको बताए । नेपाल पत्रकार महासंघ सुर्खेत खाशाका निर्बतमान सदस्य समेत रहेका पत्रकार कंडेलले शनिबार नेपाल प्रेस युनियन सुर्खेत शाखाले आयोजना गरेको तिज सद्भाव कार्यक्रममा अक्षयकोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्त्रण गरेका हुन् ।

नेपाल प्रदेश युनियन सुर्खेत शाखाका अध्यक्ष मधुवन बिसीको अध्यक्षतामा भएको तिज सद्भाव कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त, प्रेस युनियनका नेताहरु माया थापा, शुशिल शर्मा, प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोबिन्द केसी लगायत सुर्खेतमा सक्रिय रहेका महिला पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।