☰ open Loading... 13 March 2025|  

श्रीलंकामा ६ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलर रेमिट्यान्स
  | २३ भाद्र २०८०, शनिबार १९:३२

श्रीलंकाले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

जनवरीदेखि अगस्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम पठाएकाे श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएकाे छ।

‘यो वर्षको पहिलो ६ महिनामा तीन अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७४.४ प्रतिशतले बढी हो,’ श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार जानकारी दिइन्।

सामाजिक सञ्जाल एक्स (ट्विटर)मा उनले अगस्टमा मात्रै करिब ५० करोड डलर रेमिट भएको बताए। श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको सुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलंका वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिए।

सन् २०२१ मा श्रीलंकाका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड डलर कामदारले रोजगारी गुमाएका छन्।

श्रीलंका लागि वैदेशिक राजस्वको प्रमुख स्रोतमध्ये श्रमिकको विप्रेषण पनि एक हो।

-एजेन्सीको सहयोगमा