☰ open Loading... 7 September 2024|  

बजेट अध्यादेश ल्याउने कोशी प्रदेश सरकारको तयारी
  | २४ भाद्र २०८०, आईतवार ०९:५४

विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै अध्यादेश जारी गर्ने निर्णय गराएका थिए ।

कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णय अनुसार आजै अध्यादेश जारी गर्ने तयारी गरिएको छ ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था छ ।