☰ open Loading... 19 September 2024|  

प्याजको मूल्य सातामै ४५ प्रतिशतले मूल्यवृद्धि
पश्चिम नेपाल   | २४ भाद्र २०८०, आईतवार ११:३४

एक साताको अवधिमा कर्णालीको बजारमा अहिले प्याजको भाउँमा ४५ प्रतिशतले मूल्यवृद्धि भएको छ । वीरेन्द्रनगर क्षेत्रमा अहिले उपभोक्ताहरुले प्याज प्रति केजि एक सय रुपैयाँमा खरिद गरिरहेका छन् ।

भारतले शनिवारबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएपछि कर्णालीको बजारमा समेत अहिले प्याजको मूल्य आकाशिएको छ ।

कर्णालीको बजारमा ९५ प्रतिशत प्याजको माग अहिलेपनि भारतबाटै आपूर्ति हुदै आएको छ । भारतले निर्यातमा शुल्क लगाएपछि कर्णालीको बजारमा अहिले प्याजको उपभोक्ता मूल्य एक रुपैयाँ प्रति केजि पुगेको हो ।

गत साउन ३० गते कर्णालीमा प्याजको थोक मूल्य ५५ रुपैयाँ प्रति केजि थियो । मंगलवार भने प्याजको थोक मूल्य ८० रुपैयाँसम्म पुगेको कृषि बजार, सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए ।