☰ open Loading... 19 September 2024|  

प्रदेश अस्पताल सुर्खेतमा मुटुरोग सेवा सुरु
पश्चिम नेपाल   | २४ भाद्र २०८०, आईतवार १२:५०

कर्णाली प्रदेश अस्पताल सुर्खेतले मुटुरोग सम्बन्धी सेवा विस्तार गरेको छ । अस्पतालले मुटुरोग सम्बन्धी समस्या भएका विरामीहरुको सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले ओपिडी सेवाको सुरुवात गरेको छ ।

यो सेवा पछि अब मुटु रोगका बिरामीहरूले उपचारका लागि बाहिर जिल्ला जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले बताए ।
कर्णाली सबै र सुदूरपश्चिमका केहि जिल्लाको रेफरल सेन्टरका रूपमा रहेको अस्पतालले एकपछि अर्को सेवा विसतार गर्दै आएको छ ।

अस्पतालमा अहिले देशका अन्य विभिन्न ठाउँ सँगै भारतबाट पनि बिरामी उपचारको लागि आउने गरेका अस्पतालले जनाएको छ । अस्पतालले केहि समय अघिबाट मृगौला प्रत्यारोपणको सेवा पनि सुरू गरेको थियो ।