☰ open Loading... 15 September 2025|  

कर्णालीमा आत्महत्या दर बढ्दो
पश्चिम नेपाल   | २४ भाद्र २०८०, आईतवार १९:१८

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७९ ∕०८० मा २७३ जनाले आत्महत्या गरेका थिए। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार सुर्खेतमा आयोजित पत्रकार तथा सरोकारवालाहरूबीचको अन्तरसंवादमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
तथ्यांकअनुसार कर्णाली प्रदेशका जिल्लामध्ये सुर्खेतमा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै १०९ छ। दैलेखमा ४४, जाजरकोटमा १९, रुकुमपश्चिममा २८, सल्यानमा ४५, जुम्लामा ६, हुम्लामा ६, मुगुमा ४, १२ जनाले आत्महत्या गरेका छन् भने डोल्पामा आत्महत्या गर्नेको संख्या शून्य छ।