☰ open Loading... 26 July 2024|  

उपप्रधान तथा रक्षामन्त्री खड्का डिस्चार्ज
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार ०५:४६

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन् । प्रोस्टेटमा समस्या आएपछि खड्का भदौ १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका प्राविधिक सहायक रथी प्रा. डा.भरतबहादुर भण्डारीको नेतृत्वको टोलीले साेही दिन उपप्रधान एवं रक्षामन्त्री खड्काको प्रोस्टेटको सफल शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि स्वास्थ्य लाभ गरी उनी आइतबार डिस्चार्ज भएको अस्पतालका निमित्त प्रशासन रजिस्टार महासेनानी अञ्जनकेशर खत्रीले जानकारी दिए ।