☰ open Loading... 16 September 2024|  

भ्रष्टाचारका फाइल खोलेर फायर गर्छौं – मन्त्री गुरुङ
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार ०८:२६

संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बिपीले कोरेको सुशासनको बाटोलाई अगाल्दै नेपाली काँग्रेस अगाडि वढ्न जरुरी भएको बताए ।
११०औं बिपी जयन्तीको अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्धारा पोखरामा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले उक्त कुरामा जोड दिए । वर्तमान सरकारले भ्रष्टाचारका फाइलहरु खोल्दै जाने क्रममा सरकारलाई विभिन्न क्षेत्रबाट घेराबन्दी गरिएको बताउँदै उनले मन्त्री पद जाहोस् तर भ्रष्टाचारीलाई कानूनी दायरामा उभ्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
वर्तमान सरकारले यो वा त्यो नभनी भ्रष्टाचार र अपराधिक कार्यमा लाग्नेलाई पक्राउ गरी बयान लिने काम गरिरहेको भनाइ उहाँको छ । मुख्य राजनीतिक पार्टीले भ्रष्टाचारका ठूला फाइलहरु किन खोल्दैनन् भन्ने कुरा बल्ल मन्त्री भएपछि थाहा पाए, उनले भने– फाइल नखोल्न चौतर्फी दवाव र रकमका ठूला–ठूला चलखेल हुँदा रहेछन् ।