☰ open Loading... 7 September 2024|  

छात्राले आत्महत्यापछि स्कुलका प्रिन्सिपल र सञ्चालक पक्राउ
पश्चिम नेपाल   | २५ भाद्र २०८०, सोमबार १०:०७

आत्महत्या दुरूत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका– वडा नम्वर–१, को पुरानो वजारमा रहेको भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार र्ईलाका प्रहरी कार्यालय चौरजहारीले पक्राउ गरेको छ।

नगरपालिकाको वडा नम्वर १ लामिछाने गाउँ घर भएकी १३ वर्षीया छात्रा श्रृष्टि गौतम शुक्रबार विद्यालय पोसाकमै विद्यालयमै पुगेर आत्महत्या गरेकी थिईन । उनि कक्षा आठमा पढदै आइरहेकी थिईन ।

घटनापछि छात्राका अभिभावकले प्रहरीमा विद्यालयका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।

सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको खड्काले जानकारी दिए ।

पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन्।

प्रिन्सिपलकी भतिजीसँगै मृतक गौतम जाजरकोट घुम्न गएको विषयलाई उठाउँदै प्रिन्सिपल भाटले छात्रा गौतममाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ

भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले कक्षा कोठा र त्यसपूर्व विद्यालय प्राङ्गणमा पनि कुटपिट गरेपछि छात्रा गौतमले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ।

विद्यालयमा छात्रामाथि कुटपिट भएको हो कि होइन ? यदि हो भने के कारणले कुटपिट भएको हो ? त्यसबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीको भनाई छ ।

रेडियो आफ्नो एफएमको सहयोगमा